२ कार्तिक २०८३, सोमबार । October 19, 2026

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक


२३ माघ २०७९, सोमबार  

27
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले सोमवार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक सूचिमा फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा बिष्ट र पौडीकी डुवाना लामा अटाएका छन् ।

सूचिमा परेका खेलाडी अघिल्लो वर्ष सम्पन्न विभिन्न प्रतियोगितामा पाएको सफलता र चर्चाको आधारमा मनोनयनमा परेका मञ्चका सचिव एवम अवार्डको खेलाडी छनोट समितिका संयोजक अञ्जन खड्काले बताए । मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ ।

अवार्डसँग इसेवाको यो तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमवार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इसेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेण्ट आशिष प्रसाईंबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेण्ट प्रसाइले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिए ।

इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५÷२५ प्रतिशत रहनेछ । मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेको अवार्डमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष विभिन्न ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्दैछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

लाइफटाइम एचिभमेण्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ । त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि