२७ चैत्र २०८१, बिहिबार । April 10, 2025

चिलिमा गर्मीका कारण १४ हजार हेक्टरमा आगलागी, १३ जनाको मृत्यु



एजेन्सी। अत्यधिक गर्मीका कारण चिलीमा करिब १४ हजार हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।

आगलागीमा परि हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको हो । चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् । चिलिको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो

सान्टो डोमिङ्गोको नाइटक्लबमा भयानक दुर्घटनाः ११३ को मृत्यु, सयौं घाइते

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा

२४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह

काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको