७ आश्विन २०८३, बुधबार । September 23, 2026

चिलिमा गर्मीका कारण १४ हजार हेक्टरमा आगलागी, १३ जनाको मृत्यु


२१ माघ २०७९, शनिबार  

3
Shares

एजेन्सी। अत्यधिक गर्मीका कारण चिलीमा करिब १४ हजार हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।

आगलागीमा परि हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको हो । चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् । चिलिको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा