२ कार्तिक २०८३, सोमबार । October 19, 2026

रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने


२१ माघ २०७९, शनिबार  

9
Shares

काठमाडौं । एनआरएस स्पोर्ट्स फाउण्डेशनले फागुन २० गते शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ ।

संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । म्याराथन ५ किलोमिटरको हुनेछ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्रीहरु प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।

म्याराथन वसन्तपुरबाट शुरु भइ रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ । आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ । म्याराथन बिहान ६ः३० बजे शुरु भइ साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि