२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

ए डिभिजन लिगको ५० प्रतिशत तयारी सकियो



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुनका लागि खेलाडी समक्ष आग्रह गरेका छन् ।

एक महिनापछि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरेका हुन् ।

खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेन नरोज्नका लागि खेलाडीलाई अनुरोध गरेका हुन् । महासचिव राईले एन्फाको राजनीति एकातरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि नरोकीने भन्दै खेलाडीलाई फुटबल जोडिन अनुरोध गरेका हुन् ।

महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक कामय रहेको जानकारी दिए । मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग छलफल भइरहेको भएपनि राईले लिगको एक महिने काउन्ट डाउन शुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै ५० प्रतिशत तयारी सकिएको बताए ।

फागुन १९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिग यो संस्करण तीन मैदानमा आयोजना हुनेछन् । एन्फाले यसपछि डबल राउण्ड रोबिनको आधारमा सञ्चालन गर्ने यसअघि नै जानकारी दिएको छ । लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछन् र मैदान मर्मतको काममा एन्फामा जुटिरहेको छ ।

तयारी सम्बन्धमा आयोजना भएको पत्रकार सम्मेलनमा एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै सार्वजनिक प्रावधान भएपनि पहिलो पाँचौं चरणको खेल तालिका सार्वजनिक भइसकेको बताए । पाँचौ चरणको खेलपछि फिफा र राष्ट्रिय टोलीका विभिन्न मैत्रिपूर्ण खेल भएकाले बाँकी तालिका सार्वजनिक नगरेको समेत बताए ।

लिगका लागि १४ वटै क्लवले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । यस्तै सबै क्लवले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ । एन्फाले लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लवलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

डबल राउण्ड रोबिन लिग प्राणालिमा आयोजना हुने लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यसतै फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लवले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको