६ आश्विन २०८३, मंगलबार । September 23, 2026

झन्डै ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गर्दै निर्वाचन आयोग


२० माघ २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले माग गरेको रकमबाट ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गर्ने तयारी गरेको छ ।

शुक्रबार निर्वाचन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको निर्वाचन भन्दा यस पटकको निर्वाचन कम खर्चमा सम्पन्न गरिएको जानकारी दिँदै खर्च भएर बचेको रकम सरकारलाई फिर्ता गर्ने तयारी भएको बताए । थपलियाकाअनुसार यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरिएको थियो । तर सबै निर्वाचन ७ अर्बमा सम्पन्न भएको र लगभग ३ अर्ब रूपैयाँ बचेको उनले जानकारी दिए ।

निर्वाचन खर्चिलो भयो भन्नेबारेमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै थपलियाले भने, ‘यस पटक १० अर्ब रुपैयाँ माग गरेकोमा झन्डै ३ अर्ब फिर्ता गर्ने तयारीमा भनेर समाचार लेख्नु भए हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन सकेर त्यति खर्च हो । आयोगको प्रस्पेक्टिभ हेर्दा हामीले अहिले ७४ सालको खर्च भन्दा कम खर्च गरेर निर्वाचन गरेका छौँ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बरु नेताहरूबाट नै निर्वाचन खर्चको पद्धति मिच्ने गल्ती भइरहेको स्पष्ट पारे । आयोगले निर्वाचनमा गर्ने खर्च कटौती गर्दै गइरहेको र आगामी दिनमा अझै कम बनाउन लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा