२६ पुस २०८१, शुक्रबार । January 10, 2025

घर पालुवा कुकुरलाई जथाभावी दिसा पिसाब नगराउन महानगरको निर्देशन



ललितपुर । ललितपुर महानगरपालिकाले घरमा पालिएका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब नगराउन घरधनीलाई अनुरोध गरेको छ ।

व्यक्तिले घरमा पालेका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराउने गरेको गुनासोपछि महानगरले सार्वजनिक सूचना निकालेर वातावरण प्रदूषित हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो । कुकुरको दिसा–पिसाबमा भएका जीवाणु वातावरणमा फैलिँदा मानव स्वास्थ्यमा पर्ने असरतर्फ पनि सचेत हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराएको भेटिए या सूचना प्राप्त भएमा कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

महानगरको हरियालीसहित सफा र सुन्दर सहर बनाउने अभियानविरुद्ध काम नगर्न र सहर सफा राख्ने अभियानमा सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ । देशकै पुरानो र जेठो सांस्कृतिक सहरका रूपमा रहेको ललितपुर महानगरपालिका स्मार्ट सिटीको रूपमा विकास गर्न विभिन्न कार्यक्रम भइरहेका छन् । महानगरपालिकाले यसअघि सूचना निकालेर स्मार्ट सिटी बनाउन तथा हरियाली प्रवर्द्धन गर्न विभिन्न ठाउँमा रोपिएका बिरुवा उखलेको, काटेको जानकारीमा आएकाले त्यसो नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, सामान्यतया मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर र युरोको मूल्य स्थिर, अष्ट्रेलियन डलर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बंकका अनुसार आज (शुक्रबार) का लागि

पुष २६ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २६ गते शुक्रबार