२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै



काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलवार बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार मुख्यालमा एक कार्यक्रम आयोजना गरे महिला टोलीको बिदाई गरेको हो । फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ ।

नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी राम्रो भएको बताए । उनले तयारीको सम्बन्धमा अवधि छोटो भएपनि अभ्यासका क्रममा खेलाडीको प्रदर्शनमा उल्लेख्य प्रदर्शन भएको भन्दै प्रतियोगितामा सुखद् नतिजा निकाल्नेमा आशावादी रहेको प्रतिक्रिया दिए ।

अघिल्ला संस्करणमा उपविजेतासम्म बनेको टोलीले यसपटक राम्रो गर्न दबाब भएको गुरुङले बताउनु भयो । दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यु–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोलीकी कप्तान प्रिती राईले पनि छोटो समयको तयारी राम्रो भएको र अभ्यास अनुसार खेल्न सके नेपाली टोलीले अपेक्षा अनुसारको नतिजा निकाल्ने बताउनु भयो ।

प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको बताए । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य लिएको राईले बताए ।

अघिल्ला संस्करण साफ यु–१८, साफ यु–१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिल भने यु–२० बाट हुन लागेको हो । अघिल्लो इतिहास हेर्दा उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ ।

च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ । मुख्य प्रशिक्षक गुरुङले २३ सदस्सीय टोलीको घोषणा गर्नुभएको थियो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको