४ असार २०८३, बिहिबार । June 18, 2026

वैचारिक कम्यूनिष्ट पार्टी बनाउन समाजवादीले नेतृत्व गर्छः खतिवडा


१७ माघ २०७९, मंगलबार  

12
Shares

बुटवल । नेकपा एकिकृत समाजवादीका उपमहासचिव एंव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्तकाल एकता नहुने बताएका छन् ।

उनले वामशक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे । नेकपा एकिकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्यूनिष्ट पार्टी निर्माणका लागि वाम ध्रविकरणका लागि छलफल मात्रै गरिएको बताए ।

उनले त्यो वैचारिक कम्यूनिष्ट पार्टीको नेतृत्व नेकपा एकिकृत समाजवादीले मात्रै गर्ने बताए । वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्यूनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाई छ । उपमहासचिव खतिवडाले नेता घनश्याम भुसाल स्वघोषणा गरेर हालै नेकपा एकिकृत समाजवादीमा आएकोे र अहिले वामदेव गौतम र भिम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए ।

उनले आगामि साँढे ४ बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह गरे । खतिवडाले आगामि साँढे ४ वर्षपछि हुने निर्वाचनमा नेकपा एकिकृत समाजवादी एक्लै निर्वाचन लड्ने तागतमा हुने बताउँद दोधारे मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे ।

‘आउदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरि पार्टी बनाउँछौं, त्यसका लागि तिव्र रुपमा संगठन निर्माणमा जुटौं’ उनको कार्यकर्तालाई अपिल छ । उनले नयाँ कम्यूनिष्ट पार्टीका रुपमा स्थापित गर्नका लागि प्रशक्षिण, छलफल र बैचारिक बहस बढाईने बताए । नागरिकहरुले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

भेटघाटमा पार्टीका पोलिटब्यूरो सदस्य डा. कृष्ण पन्थ, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश सदस्यहरु राजेन्द्र पाण्डे, थानेश्वर भट्टराई, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष चिनबहादुर गुरुङ, जिल्ला सचिव सरिता श्रीस लगायतका नेताहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा