११ असार २०८३, बिहिबार । June 25, 2026

नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै रवि लामिछाने


१५ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । पुर्व गृहमन्त्री रवि लामिछाने आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जने भएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अबैधानिक रहेको फैसला गरेसँगै सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाएका लामिछानेले आज नागरिकता लिन प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिने तयारी गरेको स्रोतले जनाएको छ ।लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको स्रोतको भनाई छ ।

लामिछानेले २०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिन भनि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिए पनि नेपाली नागरिकता पुनः प्राप्तिमा त्रुटी गरेको भन्दै सर्वोच्चद्वारा उनको नागरिकता अबैधानिक रहेको ठहर गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानले चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर