२ कार्तिक २०८३, सोमबार । October 19, 2026

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छः मन्त्री भण्डारी


१३ माघ २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताएका छन् ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्तरुपमा आयोजना गरेको नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै उनले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताएका हुन् । नेपालमा लगानीको वातावरण बनाउन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत सुधार गर्नुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने उल्लेख गरे । मन्त्री भण्डारीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विभिन्न कारणले नेपाली उद्योग निरुत्साहित भइरहेकाले ती उद्योगको संरक्षणका लागि सरकारले स्वदेशमा उत्पादित वस्तुको निर्यात गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले भने, “मुलुकमा उद्योग व्यवसायको स्थिति खस्किनुको कारण पहिचान गरी समस्या समाधानको खोजी गर्छौं, सहजरुपमा लगानी गर्ने वातावरण बनाउँछौँ ।” उनले अन्तर्राष्ट्रिय बजारको आधुनिक प्रविधि भित्र्याएर नेपाली उद्योगको उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

आजदेखि यही माघ १५ गतेसम्म सञ्चालन हुने एक्सपोमा विभिन्न देशका एक सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्डका प्रदर्शनी कक्ष तथा यस क्षेत्रमा कार्यरत व्यवसायी एवं संस्थाको सहभागिता रहेकोे छ । एक्सपोमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने जनाइएको छ । यस एक्सपोले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्ने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि