९ कार्तिक २०८३, सोमबार । October 26, 2026

पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी


१३ माघ २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त र अरशद वारसीले फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मार्फत दर्शकको मन जिते ।

फिल्ममा उनीहरूको अभिनयलाई दर्शकले खुबै मन पराए । फिल्ममा सञ्जय ‘मुन्नाभाइ’ र अरशद ‘सर्किट’को भूमिकामा थिए । अब यो जोडी पुनः दर्शकमाझ आउने तयारी गरिरहेको छ ।

सञ्जयले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा नयाँ फिल्मको पोस्टर शेयर गरेका छन् । यो पोस्टरमा सञ्जय र अरशद जेल भित्र छन् । दुवैले कैदीको कपडा लगाएका छन् ।

‘हाम्रो पर्खाइ तपाईंहरुको भन्दा धेरै बढी थियो, तर अब त्यो पर्खाइ सकिएको छ । म आफ्नो भाइ अरशदका साथ एकपटक पुनः ठूलो फिल्म लिएर आउँदैछु’, उनले लेखेका छन् । सञ्जयका अनुसार सन् २०२३ मा रिलिज हुने फिल्ममा सिद्धान्त सचदेवको निर्देशन छ । फिल्मको निर्माता सञ्जय स्वयम् हुन् ।

सञ्जय र अरशदले सन् २००३ मा रिलिज फिल्म ‘मुन्नाभाई एमबीबीएस’ र सन् २००६ मा ‘लगे रहो मुन्नाभाइ’मा अभिनय गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा