३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

फागुनको २ गते देखि बुटवलमा कृषि मेला



बुटबल । बुटवलमा फागुनको पहिलो सातादेखि कृषि मेला हुने भएको छ ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा कृषि मेला आयोजना गर्न लागिएको हो । संघको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषिऔजार र मेसिनरी, व्यवसायिक कृषिखेती प्रणालीलगायतका करिव ५० स्टल राखिनेछ ।

कृषि मेलाका लागि संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । त्यस्तै, सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उपसंयोजकमा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, मुल समितिका सदस्य सचिवमा महासचिव बिमलराज भट्टराई रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं