५ असार २०८३, शुक्रबार । June 19, 2026

अब दैनिक रिपोर्ट चाहियो, निगम डुबेको टुलुटुलु हेरेर बस्न सक्दिँन: मन्त्री किराती


९ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो । उनले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए । सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘अव हामीलाई विजनेश प्लान चाहियो । प्रत्येक दिन यहाँको रिर्पोट हामीलाई मन्त्रालयका चाहिन्छ ।

कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काटयो ? त्यो रिर्पोट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुपर्‍यो । बेलुका हामीलाई सोध्छन मान्छेले । मन्त्रालयबाट फर्कदाखेरी म जहाजको रिर्पोट हेर्दै फर्कन्छु । म ढिला फर्कन्छु कहिले काँही त ११ पनि बज्दैछ । म ८/९ बजेत मन्त्रालयमा अनिवार्य रुपमा नै हुन्छु । यसको रिर्पोट के माध्यामले तपाईहरुले पठाउने हो, रिर्पोट मलाई चाहिन्छ । मन्त्रालयलाई रिर्पोट चाहिन्छ ।’

गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो । उनले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पारे ।

मन्त्री किरातीले १ महिना भित्र अनलाईन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देश गरे । उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि बताए । मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहोर्‍याए ।

निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनको भनाई थियो । उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टूलूटूलू हेरेर बस्न नसक्ने बताए ।

उनले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा