३० माघ २०८१, बुधबार । February 12, 2025

अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु



एजेन्सी । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् । त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।

जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पुर्‍याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ । सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ ।

आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा

माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

रासस । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो