२३ माघ २०८२, बिहिबार । February 5, 2026

अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु



एजेन्सी । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् । त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।

जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पुर्‍याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ । सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ ।

आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल