६ आश्विन २०८३, मंगलबार । September 22, 2026

काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन: शेखर पक्ष


८ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेपाली काँग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भुमिकामाथि प्रश्न उठाइएको छ ।

आईतवार काठमाडौंमा बसेको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए । उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए ।

‘काँग्रेस किन कन्फ्युजनमा छ रु किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरु छैनन् भन्नेकुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ ।’ उनले भने, ‘फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? काँग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु की के पाउँछु भनेर हिँड्ने त्यही हो काँग्रेसको इतिहास ? त्यसका लागि काँग्रेस लडेको हो ? यी तमाम प्रश्नहरुको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौँ ।’

सांसद भण्डारीले बैठकमा काँग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा