८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई


७ माघ २०७९, शनिबार  

9
Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा शनिबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई रनको लक्ष्य पाएको सुदूरपश्चिमले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमको जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक आवश्यक थियो ।

जसमा ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरी टीमलाई विजयी बनाइन् । खेलको सुरुआतमा राम्रो प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमको खेल मध्यक्रमका ब्याटर सम्झना खड्का र डली भट्टले सम्हालेका थिए । सम्झनाले ३३ बलमा दुई चौका सहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा एक चौका र दुई छक्का सहित २२ रनको योगदान दिएकी थिइन् ।

कविता १९ रनमा अविजित भइन् । बलिङतर्फ सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र सङ्गीता राईले १–१ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश नं १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुआती साझेदारी गरेका थिए ।

रुविना १४ रन बनाएर आउट भएपछि अप्सरी बेगम र जलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । अप्सरी १५ रन बनाएर आउट भएकी थिइन् । विजयी भएको सुदूरपश्चिमले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो