६ असार २०८३, शनिबार । June 21, 2026

उपसभामुखको उम्मेदवार छान्न रास्वापाको बैठक बस्दै, सोवितासँगै ४ जना आकांक्षी


६ माघ २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी उठाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज उम्मेदवारको टुंगो लगाउने भएको छ ।

उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा निर्वाचन हुँदैछ। जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बस्ने बताएका छन्।

बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले शुक्रबार ९ बजे संसदीय दलको बैठक बस्ने र बैठकले नै उम्मेदवारको टुंगो लगाउने बताएका थिए। ‘आजसम्म हामीलाई सभामुख महिला हुनुहुन्थ्यो कि पुरुष भन्ने थाहा थिएन। अब हामीलाई पुरुष सभामुख हुनुभयो भन्ने थाहा भयो। अब उपसभामुखका लागि महिला उम्मेदवार नै छान्नुपर्ने हुन्छ। त्यसका लागि भोलि ९ बजे संसदीय दलको बैठक बस्नेछौँ। हाम्रो बैठकले तय गर्छ,’ लामिछानेको भनाइ थियो ।

बैठकमा छलफल नभइकन उपसभामुखको सम्भावित उम्मेदवारबारे भन्न नसकिने लामिछानेको भनाइ छ। ‘छलफल नै नभइ सम्भावनाको कुरा हुने भएन,’ उनले भने। सत्ता साझेदार दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भइसकेको लामिछानेले बताए । सभामुखमा बिहीबार नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

सभामुखमा पुरुष निर्वाचित भइसकेका कारण संविधानको धारा ९१ को उपधारा (२) अनुसार उपसभामुखमा महिला निर्वाचित गर्नुपर्ने अवस्था छ। सो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारको रुपमा हेरिएको छ। मंसिर ४ को निर्वाचनमा उनी काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन्।

सोवितासँगै चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर पनि उपसभामुखका लागि आकांक्षी छन्। रास्वपाका केही नेताहरुले प्रत्यक्ष निर्वाचित सांसदलाई सभामुखको उम्मेदवार बनाउने सामान्य समझदारी रहेको बताउँदै आएका छन्। जसअनुसार सोविता एक्ली दाबेदार हुन्।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा