३० माघ २०८१, बुधबार । February 12, 2025

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल



एजेन्सी । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले बिहिबार द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् ।

देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको परीक्षाको रुपमा हेरिएको छ । प्रस्तावित नयाँ नियमअनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ । अनिवार्य अवकाशमा जाने विद्यमान ६२ वर्षको उमेरलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

देशमा वृद्धहरूको सङ्ख्या बढ्दै गएको तथा देशवासीको औसत आयु पनि वृद्धि भइरहेको छ । साथै उनीहरूले राज्यबाट निवृत्तिभरण पनि प्राप्त गर्दै आएका छन् । राष्ट्रपति म्याक्रोँले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताएका छन् ।

कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा

माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

रासस । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो