१६ फाल्गुन २०८२, शनिबार । February 28, 2026

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल



एजेन्सी । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले बिहिबार द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् ।

देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको परीक्षाको रुपमा हेरिएको छ । प्रस्तावित नयाँ नियमअनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ । अनिवार्य अवकाशमा जाने विद्यमान ६२ वर्षको उमेरलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

देशमा वृद्धहरूको सङ्ख्या बढ्दै गएको तथा देशवासीको औसत आयु पनि वृद्धि भइरहेको छ । साथै उनीहरूले राज्यबाट निवृत्तिभरण पनि प्राप्त गर्दै आएका छन् । राष्ट्रपति म्याक्रोँले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताएका छन् ।

कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो