१ आश्विन २०८३, बिहिबार । September 18, 2026

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै


५ माघ २०७९, बिहिबार  

6
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिहिबार विश्वासको मत लिने भएका छन्।

बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गरेका थिए। उनले २ जना मन्त्री बनाए पनि मन्त्रालय तोकेका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।

लुम्बिनीमा ८७ जना सांसद छन्। बहुमतका लागि ४४ जना चाहिन्छ। यहाँ नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना सांसद छन्। कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ