२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिहिबार विश्वासको मत लिने भएका छन्।

बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गरेका थिए। उनले २ जना मन्त्री बनाए पनि मन्त्रालय तोकेका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।

लुम्बिनीमा ८७ जना सांसद छन्। बहुमतका लागि ४४ जना चाहिन्छ। यहाँ नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना सांसद छन्। कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको