६ आश्विन २०८३, मंगलबार । September 22, 2026

माओवादी उपमहासचिव पुनकाे कलेजो प्रत्यारोपण गर्नुपर्ने


४ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्रीसमेत रहेका पुनलाई चिकित्सकहरूले कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले अबको उपचार प्रत्यारोपण नै रहेको सुझाव दिइएको हो । पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए ।

केही दिनअघि उनी आफ्नो निर्वाचन क्षेत्र रोल्पामा पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं फर्केर अस्पताल भर्ना भएका हुन् । उनलाई बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले अस्पताल पुगेर स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा