२० श्रावण २०८३, बुधबार । August 5, 2026

मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ


३ माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई शपथ खुवाएकी हुन्। नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी नियुक्त भएका छन्। त्यस्तै, माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। राष्ट्रिय प्रजात्नत्र पार्टीबाट उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रालयमा अध्यक्ष लिङ्देन गएका छन् भने सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

यो विस्तारसँगै मन्त्रिपरिषद्को संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेल अर्थ, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार, उपप्रधानमन्त्री रवि लामिछानेले गृह सम्हालिसकेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध