६ आश्विन २०८३, मंगलबार । September 22, 2026

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा


२ माघ २०७९, सोमबार  

9
Shares

एजेन्सी । उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गरेका छन् ।

उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको जानकारी प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रसङ्घका महासचिब गुटर्रेसका प्रवक्ता स्टेफन दुजारिकले दिएका थिए । प्रजातान्त्रिक गणतन्त्र कङ्गोेमा रहेको स्थायित्वका लागि संयुक्त राष्ट्रसङ्घीय सङ्गठन अभियानले कङ्गोका अधिकारीहरूसँग समन्वय गरेर घाइतेहरूलाई उद्धार गरिरहेको दुजारिकद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । गुटेर्रेसले शोक सन्तप्त परिवार, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका जनता र सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महासचिवले आक्रमणका दोषीलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय ‘माइन एक्सन सर्भिस’ले घटनाको अनुसन्धानमा कङ्गोेली अधिकारीहरूलाई सहयोग गरिरहेको उल्लेख गरे । गुटेर्रेसले डीआरसीमा आफ्ना विशेष प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसङ्घले कङ्गोको सरकार र जनतालाई देशको पूर्वी क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने प्रयासमा निरन्तर सहयोग गर्ने पुनः प्रतिवद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा