६ चैत्र २०८१, बिहिबार । March 20, 2025

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा



एजेन्सी । उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गरेका छन् ।

उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको जानकारी प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रसङ्घका महासचिब गुटर्रेसका प्रवक्ता स्टेफन दुजारिकले दिएका थिए । प्रजातान्त्रिक गणतन्त्र कङ्गोेमा रहेको स्थायित्वका लागि संयुक्त राष्ट्रसङ्घीय सङ्गठन अभियानले कङ्गोका अधिकारीहरूसँग समन्वय गरेर घाइतेहरूलाई उद्धार गरिरहेको दुजारिकद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । गुटेर्रेसले शोक सन्तप्त परिवार, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका जनता र सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महासचिवले आक्रमणका दोषीलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय ‘माइन एक्सन सर्भिस’ले घटनाको अनुसन्धानमा कङ्गोेली अधिकारीहरूलाई सहयोग गरिरहेको उल्लेख गरे । गुटेर्रेसले डीआरसीमा आफ्ना विशेष प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसङ्घले कङ्गोको सरकार र जनतालाई देशको पूर्वी क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने प्रयासमा निरन्तर सहयोग गर्ने पुनः प्रतिवद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन