१ कार्तिक २०८३, आइतबार । October 18, 2026

महिला क्रिकेटः एपिएफको लगातार दोस्रो जित


१ माघ २०७९, आइतबार  

6
Shares

इटहरी । वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आईतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । यसअघि एपिएफले गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्दा वागमती सुदूरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो ।

यस जितसँगै समूह ‘ए’ को एपिएफले दुई खेलमा चार अंक जोड्दा वागमतीले लगातार दोस्रो हार व्यहोरेको छ । एपिएफले प्रश्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको वागमतीले पूरै २० ओभरमा नौ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । वागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक २२, सोनी पाख्रिनले १३, कञ्चन श्रेष्ठले ११ र कप्तान अस्मिना कर्माचार्यले १० रन जोडे ।

बलिङतर्फ एपिएफका लागि निशा भट्टले तीन, कप्तान सीता राना मगरले दुई तथा रेखा रावलले एक विकेट निकाले । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ३८, सीता राना मगरले ३६,नेरी थापाले अविजित १९ र ज्योती पाण्डेले १५ रनको पारी खेले ।

बलिङतर्फ वागमतीमका लागि अस्मिना कर्माचार्य, सोनी पाख्रिन, मनिषा उपाध्याय र खुसी डंगोलले समान एक/एक विकेट लिए । आईतवार नै भएको अर्को खेलमा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको छ ।

यस जितसँगै समूह ‘बी’ को मधेसले दुई खेलमा दुई अंक जोड्दा कर्णालीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा मधेसले प्रदेश १ सँग ९ विकेट तथा कर्णाली लुम्बिनी प्रदेशसँग ९८ रनले पराजित भएको थियो । कर्णालीले प्रश्तुत गरेको ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाउन सफल भएको थियो ।

मधेसका लागि अनुराधा चौधरीले अविजित ३८ रन जोड्दा प्रतिमा साह १८ रनमा अविजित रहेकी थिइन् । तेस्रो विकेटका लागि अनुराधा र प्रतिमाले अविजित ७० रनको साझेदारी गरेपनि अन्यले भने राम्रो स्कोर बनाउन सकेनन् । बलिङमा कर्णालीका लागि दुवै विकेट कप्तान बिना थापाले निकालेकी थिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनको योगफल बनाएको थियो । तिर्सना विश्वकर्माले सर्वाधिक १५ रनको पारी खेल्दा किरण कुँवर र अञ्जु गुरुङले समान १३ रन बनाएर पवेलिय फर्किएका थिए । मधेसका लागि भूमि सिंहले चार तथा अमिरन निशाले दुई विकेट लिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि