१६ फाल्गुन २०८२, शनिबार । March 1, 2026

महिला क्रिकेटः एपिएफको लगातार दोस्रो जित



इटहरी । वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आईतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । यसअघि एपिएफले गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्दा वागमती सुदूरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो ।

यस जितसँगै समूह ‘ए’ को एपिएफले दुई खेलमा चार अंक जोड्दा वागमतीले लगातार दोस्रो हार व्यहोरेको छ । एपिएफले प्रश्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको वागमतीले पूरै २० ओभरमा नौ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । वागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक २२, सोनी पाख्रिनले १३, कञ्चन श्रेष्ठले ११ र कप्तान अस्मिना कर्माचार्यले १० रन जोडे ।

बलिङतर्फ एपिएफका लागि निशा भट्टले तीन, कप्तान सीता राना मगरले दुई तथा रेखा रावलले एक विकेट निकाले । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ३८, सीता राना मगरले ३६,नेरी थापाले अविजित १९ र ज्योती पाण्डेले १५ रनको पारी खेले ।

बलिङतर्फ वागमतीमका लागि अस्मिना कर्माचार्य, सोनी पाख्रिन, मनिषा उपाध्याय र खुसी डंगोलले समान एक/एक विकेट लिए । आईतवार नै भएको अर्को खेलमा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको छ ।

यस जितसँगै समूह ‘बी’ को मधेसले दुई खेलमा दुई अंक जोड्दा कर्णालीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा मधेसले प्रदेश १ सँग ९ विकेट तथा कर्णाली लुम्बिनी प्रदेशसँग ९८ रनले पराजित भएको थियो । कर्णालीले प्रश्तुत गरेको ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाउन सफल भएको थियो ।

मधेसका लागि अनुराधा चौधरीले अविजित ३८ रन जोड्दा प्रतिमा साह १८ रनमा अविजित रहेकी थिइन् । तेस्रो विकेटका लागि अनुराधा र प्रतिमाले अविजित ७० रनको साझेदारी गरेपनि अन्यले भने राम्रो स्कोर बनाउन सकेनन् । बलिङमा कर्णालीका लागि दुवै विकेट कप्तान बिना थापाले निकालेकी थिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनको योगफल बनाएको थियो । तिर्सना विश्वकर्माले सर्वाधिक १५ रनको पारी खेल्दा किरण कुँवर र अञ्जु गुरुङले समान १३ रन बनाएर पवेलिय फर्किएका थिए । मधेसका लागि भूमि सिंहले चार तथा अमिरन निशाले दुई विकेट लिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो