८ चैत्र २०८२, आइतबार । March 22, 2026

एनभिए भलिबलः पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस च्याम्पियन


१ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । हेल्प नेपाल स्पोर्टस् क्लव पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लव महिलतर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनल खेलमा हेल्प नेपालले साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फ च्याम्पियन बन्दा पुलिसले पनि साविक विजेता न्यु डायमण्ड स्पोटर््स क्लवमाथि ३–२ प्रतिष्पर्धात्मक सेटमा जित निकाल्दै उपाधि उचालेको हो ।

पुरुषतर्फको प्रतिष्पर्धामा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा हेल्प नेपालले २५–२२, २६–२४ र २५–२३ को सेटमा जित निकालेको हो । हेल्प नेपाल यसअघि आर्मीसँग क्लव च्याम्पियनसिप, क्लव लिग र टाइगर कपमा फाइनलमा पराजित भएको थियो । च्याम्पियन बनेसँगै हेल्प नेपालले नगद ४ लाख रुपैयाँ हात पारेको छ ।

यस्तै उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै आईतवार नै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा पुलिसलाई हराएको एपिएफले १ लाख रुपैयाँ हात पारेको छ । यस्तै महिलातर्फको फाइनलमा भिडन्तमा पनि साविक विजेता उपविजेतामा खुम्चियो । साविक विजेता न्यु डायमण्डलाई पराजित गर्ने क्रममा पुलिसले पहिलो सेट २२–२५ ले गुमाएको थियो ।

पछि परेपनि सम्हालिएको प्रदर्शन गरेको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट २५–२७ ले न्यु डायमण्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जित निकाल्दा खेल पाँचौ सेटमा लम्बिएको थियो । पाँचौँ तथा निर्णायक सेटमा पुलिसले १५–११ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।

रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनेको पुलिसले उपाधिसँगै चार लाख रुपैयाँ प्राप्ता गर्दा उपविजेता न्यु डायमण्डले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै आईवार नै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा आर्मीलाई ३–२ को सेटमा पराजित गरेको एपिएफले नगद एक लाख रुपैयाँ हात पारेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो