९ बैशाख २०८३, बुधबार । April 23, 2026

पिएम कप महिला क्रिकेटमा एपिएफ र लुम्बिनी विजयी


३० पुस २०७९, शनिबार  

6
Shares

इटहरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लव र लुम्बिनी क्लवले विजयी शुरुवात गरेका छन् ।

इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै शुक्रवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेका हुन् । साविक विजेता एपिएफले गण्डकीबाट पाएको ५२ रनको समान्य लक्ष्य ८.४ ओभरमा तीन विकेट गुमाउँदै भेटाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।

एपिएफका लागि कप्तान सीता राना मगरले अविजित १९ तथा रोमा थापाले अविजित १४ रनको पारी खेल्दा ओपनर ज्योति पाण्डेले ८ रनको योगदान गरिन् । यस्तै इन्दु बर्मा र सरिता मगर शुन्यमा पेवेलियन फर्किए । बलिङतर्फ गण्डकीका लागि तीनै विकेट कप्तान सृष्टि जैसीले निकालिन् ।

यस जितसँगै समूह ‘ए’ को एपिएफले समूह तालिकामा दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै २० ओभरमा सात विकेट गुमाएर मात्र ५१ रनको योगफल बनाउन सक्यो । गण्डकीका लागि कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । १० रन अतिरिक्त पाएको थियो ।

गण्डकीलाई सस्तैमा रोक्ने क्रममा एपिएफका लागि सुमन बिष्टले तीन तथा नेरी थापा, सुस्मा श्रेष्ठ, सीता राना मगर र राजमती ऐरीले समान एक÷एक विकेट हात पारे । शनिवार नै सम्पन्न दोस्रो खेलमा लुम्बिनीले प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।

लुम्बिनीबाट पाएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ४९ रनमात्र जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि यमुना थारुले १३ र किरण कुँवरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रमममा कृतिका मरासिनी र मधु डिसीले समान तीन तथा सुस्मिता भुसालले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १ सय ४७ रनको योगफल बनाएको थियो ।

पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोड्दा सरस्वती पुनले अविजित ३०, आस्मा पुलामी मगरले १४ र रञ्जु श्रेष्ठले १० रन बनाए । यस्तै कप्तान सरस्वती जिएमले ४ तथा सुस्मिता बजगाई शुन्यमा पवेलियन फर्किएका थिए । कर्णालीले ४३ रन अतिरिक्त दिएको छ । जसमा ४३ बल वाइड बल रहेका थिए ।

बलिङ तर्फ कर्णालीका लागि यमुना थारु र कप्तान विना थापाले समान दुई/दुई विकेट निकाल्दा रमा बुढाथोकीले एक विकेट हात पारिन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म