१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

सामुन्द्रिक किनारको छाल बढेपछि एकको मृत्यु, ८५ बन्दरगाह बन्द



एजेन्सी । पेरुको समुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ ।

त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ । उक्त इन्स्टिच्युटका अनुसार बुधबार यहाँको समुद्रमा अकस्मात छाल बढेको थियो । पहिलेको किनारा नाघेरै माथि आउन थालेपछि समुद्रिक किनारमा रहेका बन्दरगाहहरु नै बन्द गराइएको सो इन्स्टिच्युटले जनाएको छ ।

आँधी आउन सक्ने सम्भावना भन्दै ती बन्दरगाहहरु यही जनवरी १६ तारिखसम्मका लागि बन्द गराइएको सूचना पनि यहाँका सरकारी अधिकारीहरुले दिएका छन् । पेरुको उत्तरपश्चिमी सामुन्द्रिक किनारमा यस्तो छाल बढेको हो । त्यस क्रममा सो सामुन्द्रिक किनारमा माछा मारिरहेका एकजना ७० वर्षीय व्यक्तिलाई छालले बगाएर समुन्द्रमा मिसाएको थियो ।

सरकारी निकायले सूचना प्रकाशन गरेर समुद्रको छाल बढेकोले केही दिनसम्म यसको किनारमा नजान र माछा मार्ने या अन्य कार्यहरु समुद्र किनारमा नगर्न भनेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो