५ चैत्र २०८१, बुधबार । March 19, 2025

सामुन्द्रिक किनारको छाल बढेपछि एकको मृत्यु, ८५ बन्दरगाह बन्द



एजेन्सी । पेरुको समुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ ।

त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ । उक्त इन्स्टिच्युटका अनुसार बुधबार यहाँको समुद्रमा अकस्मात छाल बढेको थियो । पहिलेको किनारा नाघेरै माथि आउन थालेपछि समुद्रिक किनारमा रहेका बन्दरगाहहरु नै बन्द गराइएको सो इन्स्टिच्युटले जनाएको छ ।

आँधी आउन सक्ने सम्भावना भन्दै ती बन्दरगाहहरु यही जनवरी १६ तारिखसम्मका लागि बन्द गराइएको सूचना पनि यहाँका सरकारी अधिकारीहरुले दिएका छन् । पेरुको उत्तरपश्चिमी सामुन्द्रिक किनारमा यस्तो छाल बढेको हो । त्यस क्रममा सो सामुन्द्रिक किनारमा माछा मारिरहेका एकजना ७० वर्षीय व्यक्तिलाई छालले बगाएर समुन्द्रमा मिसाएको थियो ।

सरकारी निकायले सूचना प्रकाशन गरेर समुद्रको छाल बढेकोले केही दिनसम्म यसको किनारमा नजान र माछा मार्ने या अन्य कार्यहरु समुद्र किनारमा नगर्न भनेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर