९ कार्तिक २०८३, सोमबार । October 26, 2026

आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा सत्र जनाको ज्यान गयो


२८ पुस २०७९, बिहिबार  

6
Shares

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

गत मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्ष यताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरुले सडक भत्किएका र यहाँका विजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति पुगेको छ । मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले आँधीको सम्भावना रहेकाले बुधबार पनि घर बाहिर ननिस्कन सर्वसाधारणहरुलाई सूचना जारी गरेका छन् ।

यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् । यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । सो क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरुको उद्धारमा पनि कठिनाई उत्पन्न भएको बताइएको छ ।

सो राज्यमा संकटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ । यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ । सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा