२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

गण्डकीको मुख्यमन्त्रीमा अधिकारी निश्चित


२५ पुस २०७९, सोमबार  

6
Shares

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा बन्ने निश्चित भएको छ ।

उनले सोमबार प्रदेश प्रमुख समक्षा दाबी पेश गर्ने भएका छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् । आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सातवटै प्रदेशको प्रमुख तीन पदको भागबण्डा टुंग्याएका थिए । त्यस अनुसार गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ । सभामुख माओवादीले र उपसभामुख एमालेले लिनेछ ।

प्रदेश प्रमुखले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेसँगै खगराजले छलफल तथा हस्ताक्षर संकलनको तयारी थालिसकेका थिए । गण्डकीका सत्तारुढ गठबन्धनमा सामेल ३ दलले प्रदेशको भागबण्डा टुंगो नलागे पनि मुख्यमन्त्री दाबी पेश गर्न सबैजसो तयारी आइतबारै सकेका थिए ।

दलहरु हस्ताक्षर संकलन सकेर आइतबारै तम्तयार थिए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ