२८ माघ २०८१, सोमबार । February 10, 2025

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरूले गरे संसदमा तोडफोड



एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद भवनमा प्रवेश गरेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि बोल्सोनारोका समर्थकहरुले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् ।

उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईका जिल्लाहरुमा बाक्लो हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

माघ २८ गते सोमबारको तपाईँको राशिफल…

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २८ गते

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको