८ चैत्र २०८२, आइतबार । March 22, 2026

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरूले गरे संसदमा तोडफोड


२५ पुस २०७९, सोमबार  

6
Shares

एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद भवनमा प्रवेश गरेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि बोल्सोनारोका समर्थकहरुले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् ।

उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो