५ चैत्र २०८१, बुधबार । March 19, 2025

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० बढी घाइते



एजेन्सी । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।

दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भने ।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उनले बताए । भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उनको भनाई छ । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको पनि उनले उल्लेख गरेका छन् ।

सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक