५ चैत्र २०८१, बुधबार । March 19, 2025

भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प



एजेन्सी । प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ ।

यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो । हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भानुअटुका केही तटीय क्षेत्रमा ज्वारभाटाको सतहभन्दा ०.३ देखि एक मिटर माथिसम्म सुनामीका छाल आउन सक्ने जनाएको छ ।

न्यू क्यालेडोनिया र सोलोमन टापुमा ०.३ मिटरभन्दा साना छाल आउन सक्ने बताइएको छ । भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधि हुने गर्दछ । प्रत्यक्षदर्शीहरूले राजधानी होनियाराका केही भागहरूमा शक्तिशाली कम्पनका कारण सामानहरू भुइँमा ढलेको र फुटेको बताइए पनि कुनै क्षतिको विवरण तत्काल प्राप्त हुनसकेको छैन ।

भूकम्पका कारण भानुअटु र नजिकैको पपुवा न्यू गिनीको तटीय क्षेत्रलाई ३० सेन्टिमिटर (१२ इन्च) सम्मको सुनामीको छालआउन सक्ने चेतावनी दिइएको छ । भानुअटुको उत्तरमा रहेको सोलोमन टापुमा गत नोभेम्बरमा पनि ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर