१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

म्यान्मारको जेलमा झडप हुँदा कैदीको मृत्यु, दर्जनौं घाइते


२३ पुस २०७९, शनिबार  

6
Shares

एजेन्सी । म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि अराजकता छाएको छ । पाथेइनस्थित कारागारमा बिहीबार राति सुरक्षाकर्मीले एक कैदीको मोबाइल फोन जफत गरी अनुशासनको कारबाही गरेपछि दङ्गा सुरु भएको सैनिक सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

करिब ७० जना कैदीहरू शुक्रबार बिहान आफ्नो कोठाबाट निस्केर जेलको सम्पत्तिमा क्षति पुर्‍याएका थिए । कैदीहरूले लाठी, इँटा र सिमेन्टका टुक्राहरू प्रयोग गरेर सुरक्षा बलहरूमाथि आक्रमण गरेको सैनिक सरकार (जुन्ता) ले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भए पनि वार्ता असफल भयो र सुरूक्षाकर्मीले बल प्रयोग गरेको अधिकारीहरूले जनाएका छन् ।

“भीडलाई तितरबितर पार्न र दङ्गा नियन्त्रणमा लिन अधिकारीहरूले गोली चलाउनु परेको थियो,” विज्ञप्तिमा भनिएको छ । युद्धका क्रममा एक कैदीको मृत्यु भएको र दुई प्रहरी र नौ सुरक्षाकर्मीसहित ६३ जना घाइते भएको जुन्ता प्रशासनले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले मृतक कैदीलाई राजनीतिक बन्दीको संज्ञा दिएका छन् भने बीबीसी बर्मेली सेवाले उनलाई आतङ्क फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

जुन्ताले घटनाको अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । गत साता बेलायतबाट म्यानमार स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा जुन्ता सरकारले सात हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो । सेनाले सत्ता कब्जा गरेयता दुई हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने असहमतिमाथि दमन गर्ने क्रममा १३ हजारभन्दा बढीलाई हिरासतमा लिइएको स्थानीय मानव अनुगमन समूहले जनाएको छ ।

गत वर्षको जुलाईमा सरकारले पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी कार्यकर्ता क्याव मिन युसहित चार जना कैदीलाई मृत्युदण्ड दिएको थियो । करिब ३० वर्षमा म्यान्मार राज्यद्वारा मृत्युदण्डको यो पहिलो प्रयोग थियो र यसको विश्वव्यापी निन्दा भएको थियो ।

ह्युमन राइट्स वाचका अनुसार म्यान्मारका जेलहरू कठोर परिस्थिति र यातनाको कथित प्रयोगका लागि कुख्यात छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली