२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आहा रारा गोल्ड कप फुटबलको उपाधि संकटालाई



कास्की । आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले हात पारेको छ ।

अतिरिक्त समयको पनि अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि भ्रमणकारी टोली भुटनिज युथ एससी अमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । तीन वर्षमा संकटाको यो दोस्रो आहा रारा पोखरा गोल्डकप उपाधि हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् ।

पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३५ औं मिनेट भित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलको कर्नरमा मेसुकेले गोल गरेका थिए ।

त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा लगेका थिए ।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको विजेता संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको