१ पुस २०८२, मंगलबार । December 17, 2025

नेकपा एसको राजनीतिक उद्देश्य छैन्ः ओली



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न समेत गरेका छन् । पार्टीका सांसदहरुका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए । नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चाको बेहाल अवस्था रहेको प्रतिक्रिया समेत दिएका छन् । अध्यक्ष ओलीले भने , ‘हिजो कमीकमजोरी गरेका साथीहरुले पनि अव त्यो कुरालाई दोहार्‍याउने छैनन् । अवश्यनै । यसले उहाँहरुलाई पनि फाईदा भएन । माओवादीले काँग्रेस बोकेर के भयो, ३६ सिट जितेको थियो, १८ मा झर्‍यो । २३ सिट जितेको काँग्रेसलाई ५७ पर्‍याई दियो । फाइदा के भयो ? काँग्रेसले दिने त केही होइन रहेछ ।

हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरु राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । बुझ्न पर्‍यो नि अवत । अव जुरो हल्लाएर काम छैन । त्यसकारण जुरो हल्लाउने, सिंगौरी खेल्ने होइन, सुरुसूरु देश र जनताको निम्ति काम गरौं । हाम्रो आग्रह सबैसँग छ । देशका लागि काम गरौन । हिजोअस्ती पोलिटव्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो । पहिलेको यो परिवर्तन ठिक छ ।

देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठिक छ भन्ने पनि फैसला गर्न सकेन । एमालेसँग एकता गर्छ पनि भन्छ पाए । पाए माओवादी केन्द्रसँग गर्छु भन्छ । जसपासँग पनि वार्ता गरिरहेको छ । जसपा र एमालेलाई उस्तैउस्तै देख्छ । जसपा भएपनि यो त अचम्मै भो क्या । जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपनि कस्तो वार्ता हो त्यो । पाए काँग्रेससँग पनि लाग्ने, यता पनि लाग्थे । कस्तो वार्ता हो यो ? कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो ? कस्तो नीति हो ? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन ? श्वार्थ मात्रै हो कि एकछिनको, राजनीति छ त्यहाँ ? कि सिद्धान्त पनि छ । भन्दै प्रश्न समेत गरेका छन् ।

अध्यक्ष ओलीले उद्देश्य नभएको राजनीति आफ्नो पार्टीले नगर्ने भन्दै चुस्त भएर अघि बढन पनि पार्टीका सांसदहरुलाई सचेत गराए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले