१२ चैत्र २०८२, बिहिबार । March 27, 2026

नेकपा एसको राजनीतिक उद्देश्य छैन्ः ओली


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न समेत गरेका छन् । पार्टीका सांसदहरुका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए । नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चाको बेहाल अवस्था रहेको प्रतिक्रिया समेत दिएका छन् । अध्यक्ष ओलीले भने , ‘हिजो कमीकमजोरी गरेका साथीहरुले पनि अव त्यो कुरालाई दोहार्‍याउने छैनन् । अवश्यनै । यसले उहाँहरुलाई पनि फाईदा भएन । माओवादीले काँग्रेस बोकेर के भयो, ३६ सिट जितेको थियो, १८ मा झर्‍यो । २३ सिट जितेको काँग्रेसलाई ५७ पर्‍याई दियो । फाइदा के भयो ? काँग्रेसले दिने त केही होइन रहेछ ।

हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरु राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । बुझ्न पर्‍यो नि अवत । अव जुरो हल्लाएर काम छैन । त्यसकारण जुरो हल्लाउने, सिंगौरी खेल्ने होइन, सुरुसूरु देश र जनताको निम्ति काम गरौं । हाम्रो आग्रह सबैसँग छ । देशका लागि काम गरौन । हिजोअस्ती पोलिटव्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो । पहिलेको यो परिवर्तन ठिक छ ।

देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठिक छ भन्ने पनि फैसला गर्न सकेन । एमालेसँग एकता गर्छ पनि भन्छ पाए । पाए माओवादी केन्द्रसँग गर्छु भन्छ । जसपासँग पनि वार्ता गरिरहेको छ । जसपा र एमालेलाई उस्तैउस्तै देख्छ । जसपा भएपनि यो त अचम्मै भो क्या । जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपनि कस्तो वार्ता हो त्यो । पाए काँग्रेससँग पनि लाग्ने, यता पनि लाग्थे । कस्तो वार्ता हो यो ? कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो ? कस्तो नीति हो ? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन ? श्वार्थ मात्रै हो कि एकछिनको, राजनीति छ त्यहाँ ? कि सिद्धान्त पनि छ । भन्दै प्रश्न समेत गरेका छन् ।

अध्यक्ष ओलीले उद्देश्य नभएको राजनीति आफ्नो पार्टीले नगर्ने भन्दै चुस्त भएर अघि बढन पनि पार्टीका सांसदहरुलाई सचेत गराए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र