१७ श्रावण २०८३, आइतबार । August 2, 2026

वादी समुदायको जीविकोपार्जनका लागि परिणामुखी पहल गर्छौंः प्रधानमन्त्री दाहाल


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् ।

शनिबार बिहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र दिन आएका वादी समुदायका अगुवाहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रीपरिषदबाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताए ।

उनले भने “म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनस्र्थापनाका लागि निर्णय गरेको स्मरण छ । इतिहासमैं पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनु पर्छ ।” उनले भने , “ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।”

वादी समुदायका प्रतिनिधिहरुले प्रधानमन्त्री दाहाललाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनस्र्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री दाहाललेनै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरुपमा सम्बोधन गरेकोमा धन्यवाद दिँदै उनिहरुले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर