१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ ।

यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदुषण बढी हुने गर्छ ।

यसरी चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाईमा ध्यान दिनुपर्ने हो । आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदुषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदुषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाईमा नलाग्ने हो भने वायु प्रदुषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।

सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदुषणलाई कम गर्न सकिन्छ । वायु प्रदुषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था