४ असार २०८३, बिहिबार । June 18, 2026

अमेरिकामा कोरोनाभाइरसको एक्सबीबी.१.५ सब–भेरिअन्टको फैलाहट तिब्र


२३ पुस २०७९, शनिबार  

9
Shares

एजेन्सी । कोरोनाको संक्रमण केहि कम भएर विश्वले सामान्य रुपमै गति लिन्छ भन्ने अपेक्षा तोड्दै पछिल्ला दिन कोरोना भाईरसको संक्रमण फेरिपनि बढ्दो छ ।

भाईरस फेरि नयाँ अवतारमा फैलदो छ । अमेरिकामा केहि दिन यता एक्स बी बी.१.५ भेरियन्टले तिब्र गतिमा धेरै मानिसलाई संक्रमित बनाईरहेको छ । केहि समय रेस्पिरेटरी साईनसाईटल भाईरस इन्फेक्सनका कारण अस्पतालमा बिरामीको संख्या बढेको थियो । अहिले यो समस्या निर्मुल हुदै गर्दा कोरोना भाईरसको नयाँ स्वरुप पुनः चुनौति बनेको छ ।

अमेरिकामा देखा परेका ४० प्रतिशतभन्दा बढी कोभिड बिरामीमा एक्सबीबी.१.५ फेला परेको पुष्टि भएको जनाइएको छ । फैलाहटको प्रकृती हेर्ने हो भने यो भेरियन्टले ओमिक्रोनका अन्य भेरिअन्टलाई निकै कम समयमा उछिनेको देखिन्छ। छिटो फैलने भएपनि पहिलेका भेरियन्ट जतिकै घातक भने नरहला भन्ने आंकलन स्वास्थ्य अधिकारीहरुको रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यसले ओमिक्रोन भेरिअन्ट ले जस्तो बिरामीलाई अस्पतालमा पुर्‍याउने वा ज्यान लिने सम्भावना कम रहेपनि खोप नलगाएका, कोभिडको जोखिममा रहेका मानिसहरू र प्रतिरोध प्रणालीमा समस्या रहेका बिरामीहरूभने यसबाट हुने असरको उच्च जोखिममा रहने खतरा पनि औँल्याईएको छ । तिब्र रुपमा फैलिरहेको यो परिवर्तित भाईरस अन्य देशमापनि पुग्ने सम्भावना त छ ।

तर विगतमा सङ्क्रमण फैलिएका र धेरै मानिसले खोप लगाइसकेका देशहरूमा यसले व्यापक प्रभाव पार्ने सम्भावना कम रहेको विज्ञहरुको भनाई छ । खोप नलगाउनेको संख्या बढि रहेका देशहरुले भने यस विषयमा गम्भिर हुन उनिहरुले सुझाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा