२७ माघ २०८१, आइतबार । February 9, 2025

अमेरिकामा कोरोनाभाइरसको एक्सबीबी.१.५ सब–भेरिअन्टको फैलाहट तिब्र



एजेन्सी । कोरोनाको संक्रमण केहि कम भएर विश्वले सामान्य रुपमै गति लिन्छ भन्ने अपेक्षा तोड्दै पछिल्ला दिन कोरोना भाईरसको संक्रमण फेरिपनि बढ्दो छ ।

भाईरस फेरि नयाँ अवतारमा फैलदो छ । अमेरिकामा केहि दिन यता एक्स बी बी.१.५ भेरियन्टले तिब्र गतिमा धेरै मानिसलाई संक्रमित बनाईरहेको छ । केहि समय रेस्पिरेटरी साईनसाईटल भाईरस इन्फेक्सनका कारण अस्पतालमा बिरामीको संख्या बढेको थियो । अहिले यो समस्या निर्मुल हुदै गर्दा कोरोना भाईरसको नयाँ स्वरुप पुनः चुनौति बनेको छ ।

अमेरिकामा देखा परेका ४० प्रतिशतभन्दा बढी कोभिड बिरामीमा एक्सबीबी.१.५ फेला परेको पुष्टि भएको जनाइएको छ । फैलाहटको प्रकृती हेर्ने हो भने यो भेरियन्टले ओमिक्रोनका अन्य भेरिअन्टलाई निकै कम समयमा उछिनेको देखिन्छ। छिटो फैलने भएपनि पहिलेका भेरियन्ट जतिकै घातक भने नरहला भन्ने आंकलन स्वास्थ्य अधिकारीहरुको रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यसले ओमिक्रोन भेरिअन्ट ले जस्तो बिरामीलाई अस्पतालमा पुर्‍याउने वा ज्यान लिने सम्भावना कम रहेपनि खोप नलगाएका, कोभिडको जोखिममा रहेका मानिसहरू र प्रतिरोध प्रणालीमा समस्या रहेका बिरामीहरूभने यसबाट हुने असरको उच्च जोखिममा रहने खतरा पनि औँल्याईएको छ । तिब्र रुपमा फैलिरहेको यो परिवर्तित भाईरस अन्य देशमापनि पुग्ने सम्भावना त छ ।

तर विगतमा सङ्क्रमण फैलिएका र धेरै मानिसले खोप लगाइसकेका देशहरूमा यसले व्यापक प्रभाव पार्ने सम्भावना कम रहेको विज्ञहरुको भनाई छ । खोप नलगाउनेको संख्या बढि रहेका देशहरुले भने यस विषयमा गम्भिर हुन उनिहरुले सुझाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आजको विनिमयदरः अमेरिकी डलर सामान्य घट्यो, अन्यको मुद्रा कुन कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

कस्तो छ माघ २६ गते शनिबारको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।