२७ माघ २०८१, आइतबार । February 9, 2025

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु



पाल्पा । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलर सामान्य घट्यो, अन्यको मुद्रा कुन कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

कस्तो छ माघ २६ गते शनिबारको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

माघ २६ गते शनिबारको तपाईँको भाग्यफल…

काठमाडौं । आज मिति २०८१ साल माघ २६ गते शनिबार

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।