२७ माघ २०८१, आइतबार । February 9, 2025

छात्रालाई नयाँ साइकल वितरण



दाङ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो । त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए । साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताए ।

सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ । त्यस क्षेत्रबाट विद्यालय टाढा भएको कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका छन् । सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो ।

विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिए । बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५६ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ ।

हाल तीन वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलर सामान्य घट्यो, अन्यको मुद्रा कुन कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

कस्तो छ माघ २६ गते शनिबारको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

माघ २६ गते शनिबारको तपाईँको भाग्यफल…

काठमाडौं । आज मिति २०८१ साल माघ २६ गते शनिबार

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।