४ चैत्र २०८१, मंगलबार । March 18, 2025

टी-२० लिगमा फिक्सिङको भ्रम फैलाइयो: क्यान



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’ भनेर मिथ्या र भ्रामक सूचना फैलाइएको जनाएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’ भएको हल्ला चलेपछि क्यानले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार प्रेस विज्ञप्ति जारी गरी –म्याच फिक्सिङ र स्पोट फिक्सिङ’ भनेर फैलाएको भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी हुने यस्ता गतिविधि अन्त्य गर्ने क्यानले प्रतिबद्धता जनाएको छ ।

क्यानले क्रिकेट र राष्ट्रलाई नै हानि हुने यस्ता भ्रामक सूचना नफैलाउन पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘संघ र राष्ट्रका नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन संघ विनम्र अनुरोध गर्दछ।’ यससँगै क्यानले ‘म्याच फिक्सिङ’ का विषयमा कुनै सूचना भए जानकारी दिन पनि अनुरोध गरेको छ।

क्यान वा नेपाल टी–२० लिगको एन्टिकरप्सन एकाइमा उजुरी दिन सकिने पनि जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु