३० मंसिर २०८२, सोमबार । December 16, 2025

नेपाललाई सिंहदरबार बाेलाएर प्रचण्डले भने: ‘विश्वासको मत दिनुपर्‍याे’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आफू नेतृत्व सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालसँग विश्वासको मत मागेका हुन् । यता अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए । भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ । हामी यसबारे पार्टीमा छलफल गर्छौं । र, टुंगो लगाउँछौं । सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन । खाली विश्वासको मतको बारेमा कुरा भएको छ । बाम पार्टीहरुको एकताको विषयमा विषय प्रवेश नै गरिएन ।’

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले