४ चैत्र २०८१, मंगलबार । March 18, 2025

आहारारा पोखरा गोल्डकपमा धरानसँग सहारा पराजीत



कास्की । प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात गरेको छ ।

बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो । धरानलाई जित दिलाउन प्रकाशले खेलको पाँचौँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । यस जितसँगै धरानले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

धरानले शनिवार हुने क्वार्टरफाइनलमा साबिकको विजेता नेपाल एपिएफ क्लवकोसँग प्रतिष्पर्धा गर्नेछ । खेलको चौथो मिनेटमा धरान फुटबल क्लवले पाएको फ्रिकिक अवसरलाई नै गोलमा परिणत भएपछि धरानले सहारा क्लवमाथि ऐतिहासिक जित दर्ता गरायो । सहाराका भावगत चौधरीले डिबक्सबाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्‍यो ।

चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकमा बुढाथोकीले नै गोल गरेका हुन् । गोल्डकपको दोस्रो दिन पुस १५ गते शुक्रवार नेपाल पुलिस क्लव र चर्च ब्वाईजबीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स