१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

आहारारा पोखरा गोल्डकपमा धरानसँग सहारा पराजीत



कास्की । प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात गरेको छ ।

बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो । धरानलाई जित दिलाउन प्रकाशले खेलको पाँचौँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । यस जितसँगै धरानले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

धरानले शनिवार हुने क्वार्टरफाइनलमा साबिकको विजेता नेपाल एपिएफ क्लवकोसँग प्रतिष्पर्धा गर्नेछ । खेलको चौथो मिनेटमा धरान फुटबल क्लवले पाएको फ्रिकिक अवसरलाई नै गोलमा परिणत भएपछि धरानले सहारा क्लवमाथि ऐतिहासिक जित दर्ता गरायो । सहाराका भावगत चौधरीले डिबक्सबाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्‍यो ।

चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकमा बुढाथोकीले नै गोल गरेका हुन् । गोल्डकपको दोस्रो दिन पुस १५ गते शुक्रवार नेपाल पुलिस क्लव र चर्च ब्वाईजबीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो