४ चैत्र २०८१, मंगलबार । March 18, 2025

स्पेनिस क्लवसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं– ११ पराजित



काठमाडौं । स्पेनको क्लव कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार साँझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लव कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको हो । यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ । कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे ।

४१ औं मिनेटमा काठमाडौं ११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं–११ बिरुद्ध स्पेनिस टोलीले ८२ औं मिनेटमा डेभिडले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए ।

त्यसको चार मिनेट पछि जर्ज प्रिन्स कार्की एक गोल फर्काउँदै अन्तर घटाएपनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोलीले जित निकाल्न सक्यो । यसअघि कासेरेन्योले बुधवार पोखरा रंगशालामा गण्डकी–११ सँग खेलेको थियो । उक्त खेलमा कासेरेन्योले गण्डकी–११ माथि ३–० को जित निकाल्दै पहिलो मैत्रिपूर्ण खेलमा सुखद् नतिजा निकालेको थियो । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स