२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

‘ए’ डिभिजन लिग फागुन १९ देखि हुने



काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीवार असन्तुष्ट क्लव र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फा र क्लवका पदाधिकारिबीच भएको छलफलमा लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए । यसअघि एन्फाले पुस २६ गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लवहरूलाई टिम दर्ता गर्न समयसीमा तोेकेको थियो । तर, उक्त दिन बसेको एन्फा र क्लव पदाधिकारीको बैठक दर्ताको विषयमा भने छलफल जारी नै रहेको संकटा क्लबका अध्यक्ष तुलाधरले जानकारी दिए । एन्फाले योपटक डबल राउण्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो । त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो ।

विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्च बापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो । एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लवहरूलाई दिन बाँकी नै छ । उक्त रकम थपेर एन्फाले क्लवहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनुपर्नेछ । एन्फाले नयाँ सिजनको लिग सुचारु गर्न पहिलो किस्तास्वरूप १५ लाख र वक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लवहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो ।

मंसिर २५ गतेभित्र क्लवहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको