७ चैत्र २०८२, शनिबार । March 22, 2026

अर्थतन्त्र काबु भन्दा बाहिर छैन्ः अर्थमन्त्री पौडेल


१२ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सिएनआई) का पदाधिकारीहरुसँगको भेटमा यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील रहेको पनि बताए । अर्थतन्त्रको समस्या समाधान गर्नेकुरामा सरकारले विलम्व गर्नु नहुनेमा आफू गम्भीर रहेको पनि पौडेलको भनाई छ ।

अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकार समस्या सरकार भएर हेर्नुपर्ने बताए । निजी क्षेत्र र सरकार नदीका दुई किनारा नभइ एउटै नदी प्रणाली भएको उनको भनाई छ । मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल टुटे र निजी क्षेत्रका समस्या समाधान नभए राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बताए ।

उनले अर्थतन्त्रमा देखिएका केही समस्या गम्भीर रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको बताए । निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर देशको अर्थतन्त्र र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो